• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

SWEA&ECA

विद्यार्थीहरूको समय सापेक्ष पेशागत क्षमता अभिबृद्धिको लागि व्यक्तित्व विकाश, पेशागत क्षमता अभिबृद्धि आदि सञ्चालन गर्न, जेहन्दार एवम् विपन्न आर्थिक पृष्ठ भूमिबाट आएका विद्यार्थीहरूलाई सहयोग गर्न स्वदेशी एवम् विदेशी विश्वविद्यालय, अन्य शैक्षिक संस्था, सङ्घ संस्था र विशेषज्ञहरू संग क्याम्पसको साझेदारी स्थापित गर्दै विद्यार्थीहरूमा अन्तर्निहीत क्षमता र प्रतिभाको प्रस्फुटन गराउने ध्येय सहित विद्यार्थी कल्याण, सम्बन्ध विस्तार तथा अतिरिक्त क्रियाकलाप समिति (Students Welfare, External Affairs and Extracurricular Activity Committee) गठन गरिने छ ।
समितिका उद्देश्यहरू
(क) विद्यार्थीहरूको कल्याणको लागि विभिन्न कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
(ख) स्वदेशी एवम् विदेशी शैक्षिक संस्थातथा सांस्कृतिक सङ्घ संस्थाहरू संग पारस्परिक हितका लागि सम्बन्ध विस्तार गर्ने ।
(ग) विद्यार्थीहरूको पेशागत क्षमता तथा समय सापेक्ष सिप तथा ज्ञानको अभिबृद्धि गर्नका विविध कार्यक्रमहरू सञ्चालन गर्ने ।

top