• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

EPID

आधुनिक सूचना प्रविधिका माध्यमबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, सरोकारवाला तथा समुदायका निकायहरूलाई छिटो, छरितो, सरल एवम् सहज रूपबाट सूचना सम्प्रेषण गर्न क्याम्पसबाट प्रकाशन गरिने सम्पूर्ण मुद्रण तथा विद्युतिय सुचना सामग्रीहरूको सम्पादन, प्रकाशन, वितरण गर्ने, विभिन्न श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन गरी प्रसारण गर्न प्रकाशित तथा उत्पादित सामग्रीहरू तथा तिनबाट सम्प्रेषित सूचनाप्रति सरोकारवालाहरूको प्रतिक्रिया सङ्कलन गर्नका लागि सम्पादन, प्रकाशन तथा सार्वजनिक सूचना सम्प्रेषण समिति (Editing, Publishing and Information Dissemination Committee) गठन गरिने छ ।
समितिको उद्देश्यहरू
(क) क्याम्पसको विद्यार्थी, अध्यापक, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरु लाई सहज एवम् सरल रूपमा सूचना सम्प्रेषण गर्ने ।
(ख) क्याम्पससंग सम्बन्धित सूचना वा जानकारीको व्यवस्थित ढङ्गले सम्पादन, प्रकाशन, वितरण एवम प्रसारणका गर्ने ।
(ग) सम्बन्धित सूचनाहरूको सम्पादन, उत्पादन तथा वितरण गर्ने ।
(घ) सरोकारवालाहरूबाट सङ्कलित सुझाव वा प्रतिक्रियालाई विश्लेषण गर्ने ।

top