• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

Library Management Committee

शिक्षण संस्था भनेकै अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्र भएको यथार्थलाई मनन गर्दै क्याम्पसको पुस्तकालयलाई आधुनिक विद्युतिय र विद्यार्थी मैत्री वा पाठक मैत्री पुस्तकालयका रूपमा स्थापित गर्दै, पुस्तकालयलाई भौतिक रूपमा सुदृढ गर्दै, पुस्तकालय प्रति शिक्षक, विद्यार्थी, कर्मचारी लगायत आम पाठकहरूको सहज पहुचका लागि पुस्तकालय व्यवस्थापन समिति (Library Management Committee) गठन गरिने छ ।
समितिका उद्देश्यहरू
क) क्याम्पसको प्राध्यापक, विद्यार्थी, कर्मचारीहरूमा पठन संस्कृतिको अभिबृद्धि गराउने । ख) पुस्तकालयलाई थप ज्ञान प्राप्तिको स्रोत केन्द्रका रूपमा विकाश गर्ने ।
ग) क्याम्पसको पुस्तकालयलाई समय सापेक्ष हिसाबले व्यवस्थापन तथा विकास गर्दै लैजाने ।
घ) प्राध्यापक, विद्यार्थी, कर्मचारी एवम् बाहिरबाट आउने पाठकहरूलाई क्याम्पस पुस्तकालयमा सहज र सरल पहुच अभिबृद्धि गर्ने ।
ङ) पुस्तकालयलाई आधुनिक विद्युतिय प्रविधि युक्त बनाउने ।
च) शैक्षिक सुचना व्यवस्थापन प्रणाली (EMIS) बाट पुस्तकालय संचालन गरि अनलाईन अध्ययन केन्द्रको रुपमा विकास गर्ने ।

top