• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

FPM

क्याम्पसको सम्पूर्ण आर्थिक क्रियाकलापहरू तथा लेखा व्यवस्थापनलाई नेपाल सरकारको नियम कानुन एवम् लेखाको सर्वमान्य सिद्धान्त अनुसार पारदर्शी र अद्यावधिक राख्न, क्याम्पसको लागि आवश्यक पर्ने सामानहरू खरिद गर्न, आवश्यक मर्मत सम्भारको व्यवस्था मिलाउनका लागि आर्थिक, खरिद तथा मर्मत सम्भार समिति (Finance, Procurement and Maintenance Unit) गठन गरिने छ । क्याम्पसमा उपलव्ध साधन र स्रोतहरूको अधिकतम उपयोग गरी मितव्ययिताका आधारमा आर्थिक क्रियाकलाप गर्न, खरिद तथा मर्मत कार्य गर्न वा गराउन यस समितिले भूमिका निर्वाह गर्ने छ ।
समितिको उद्देश्यहरू
(क) क्याम्पसको रणनीतिक योजनाको प्राथमिकतामा रहेका कार्यक्रमहरूका लागि बजेट तर्जुमा
तथा पुरक बजेट तयार गर्ने ।
(ख) प्रत्येक आर्थिक वर्षका लागि क्याम्पसको सञ्चालन तथा खरिदको लागि बजेट ल्याउने ।
(ग) आगामी वर्षका लागि क्याम्पसको आय र व्ययको अनुमानित विवरण तयार गर्ने ।
(घ) क्याम्पसको आवश्यकता अनुुसार वार्षिक खरिद योजना बनाई सामग्री तथा उपकरण आपूर्ति गर्ने वा गराउने ।
(ङ) क्याम्पसको आवश्यकता अनुसार वार्षिक मर्मत सम्भार योजनाबनाई कार्यान्वयन गर्ने वा गराउने ।
(च) क्याम्पसको आर्थिक व्यवस्था नियमावली २०७६ पुर्ण रुपमा पालन गर्ने ।
(छ) बाह् तथा आन्तरिक लेखा परिक्षण गरि सर्बै संचालक सदस्यहरुलाई जानकारी दिने ।

top