• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

Research Management Cell

क्याम्पसको शैक्षिक, प्रशासनिक एवम् भौतिक योजना तयार पार्नका लागि क्याम्पसमा अनुसन्धान व्यवस्थापन समिति (Research Management Cell) हुनेछ । प्राध्यापक तथा विद्यार्थीहरूमा प्राज्ञिक अनुसन्धान क्षमता अभिवृद्धि गराउने तथा क्याम्पसको संस्थागत विकासको लागि दिर्धकालिन, मध्यकालिन, अद्यावधिक तथा वार्षिक योजना तय गरि लागु गर्ने कार्य यो समितिले गर्नेछ ।
समिति का उद्देश्यहरू
(क) क्याम्पसको प्राज्ञिक, शैक्षिक, आर्थिक, प्रशासनिक, अध्ययन, अनुसन्धान, संस्थागत विकास एवम् भौतिक अवस्थाको सुधार एवम् विस्तारका लागि वार्षिक, अद्यावधिक, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तयार पार्ने ।
(ख) क्याम्पसको आवश्यकता तथा अध्यापक तथा विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने वा गराउने । साथै बाह्य विभिन्न संध संस्था संग साझेदारी मा अध्ययन अनुसन्धान गर्ने वा गर्ने वातावरण तयार पार्ने ।
(ग) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसंग अध्ययन अनसुन्धानात्मक संग सम्बन्धित कार्यमा क्याम्पसलाई संलग्न गराउने ।
(घ) अध्ययन अनुसन्धानको क्षेत्रमा प्राध्यापक तथा विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न विशेषज्ञहरू द्वारा विभिन्न समयमा तालिम, कार्यशाला, गोष्ठी, सेमिनार आदि आयोजना गर्ने/गराउने ।
ङ) अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाउन निति, रणनिति तथा कार्य विधि तय गर्ने ।

top