• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

Examination & Evaluation Committee

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको अध्ययनमा जागरुक ताल्याउन, आत्मविश्वास बढाउन र वार्षिक परीक्षामा राम्रो नतिजा ल्याउन सहयोग होसभन्ने उद्देश्यले आन्तरिक तथा बाह्य परीक्षालाई विशेष महत्व दिई तिनको उपयुक्त ढङ्गले व्यवस्थापन, मूल्याङ्कन तथा विश्लेषण गर्नका लागि परीक्षा तथा मूल्याङ्कन समिति (Examination and Evaluation Committee) को गठन गरिने छ ।
समितिका उद्देश्यहरू
(क) क्याम्पसमा सञ्चालित विभिन्न तह र विषयहरूको आन्तरिक परीक्षा (Internal Assessment) को योजना, व्यवस्थापन तथा संचालन गर्ने ।
(ख) परीक्षा नियन्त्रण कार्यालय, त्रि. वि. बाट सञ्चालन हुने परीक्षाका लागि भर्नु पर्ने फारामहरु भर्न विद्यार्थीहरूलाई सहजीकरण गर्ने । तथा परिक्षाको प्रवेश पत्र वितरण गर्ने व्यवस्था गर्ने ।
(ग) परीक्षाका नतिजाबारे विश्लेषण गरी कार्य योजना बनाउने ।
(घ) बाह्य परिक्षक निमन्त्रणा गर्नु पर्ने भए सो को व्यवस्थापन गर्ने ।
(ङ) परिक्षा संचालन कार्य विधि तय गर्ने ।
(च) परिक्षा संग सम्बधित सुचना सबै विद्यार्थीहरु तथा सम्बन्धित पदाधिकारीहरु लाई जानकारी दिने ।
(छ) परिक्षा संचालनको लागि व्यवस्थापन गर्ने र परिक्षा संचालन गर्ने ।

top